२ वर्षभित्रै हवाई बजारमा चीनले अमेरिकालाई उछिन्ने

एजेन्सी

शनिबार, १० कार्तिक २०७५, १५ : ००

सन् २०२० भित्र चीन संसारकै ठूलो हवाई बजार हुने प्रक्षेपण गरिएको छ।

‘इन्टरनेशनल एयर ट्रान्सपोर्ट एशोसिएशन(आइटा)’ले गरेको २० वर्षे प्रेक्षपणअनुसार अबको २ वर्षभित्रै चीनले अमेरिकालाई उछिन्ने अनुमान गरिएको छ।


यही साता सार्वजनिक आइटाको प्रतिवेदनअनुसार चीनको बढ्दो आर्थिक गतिविधिले हवाई यात्रा बढाउने उल्लेख गरिएको छ।

आइटाका अनुसार अबको २० वर्षमा एसिया क्षेत्र हवाई बजारमा लिडर हुने छ। जसमा चीन संसारकै ठूलो तेस्रोमा भारत र चौथोमा इन्डोनेसिया र पाँचौमा थाइल्यान्ड हुने छन्।

संसाभर हवाई यात्रा गर्ने ८ अर्ब पुग्ने अनुमान गरेको आइटाले त्यसको आधाभन्दा बढी एसिया क्षेत्रमै हुने प्रक्षेपण गरेको छ।

प्रतिक्रिया दिनुहोस