सुर्खेत। कर्णाली प्रदेश सरकारले आगामी माघ ७ गतेदेखि प्रदेशसभाको पाँचौं अधिवेशन बोलाउन सिफारिश गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले माघ ७ गते दिउँसो एक बजे प्रदेशसभाको पाँचौं अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिश गर्ने निर्णय गरेको हो ।
प्रदेश सरकारका प्रवक्ता विनोदकुमार शाहले आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको जानकारी दिए । यस्तै, सरकारले जगदुल्ला ए अर्ध जलाशय युक्त जलविद्युत आयोजनामा ४१ करोड ४९ लाख ३० हजार ३ सय ६० रुपैयाँ बराबरको शेयर खरिद गर्ने निर्णय गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १९ पुस २०८१, १४ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कर्णाली प्रदेश सरकारद्वारा छ करोड राहत रकम उपलब्ध
कर्णालीको बजेट बहुमतले पारित