१२०० जनाको बचत फिर्ता हुँदै

पत्रपत्रिकाबाट

मंगलबार, १६ पुस २०८१, ०८ : ३२
१२०० जनाको बचत फिर्ता हुँदै

काठमाडौ । सरकारले सहकारीको बचत रकम अपचलन, दुरुपयोग र ठगी प्रकरणमा अनुसन्धान, छानबिन गरिरहँदा सहकारीपीडित नागरिकको बचत फिर्ताको काम पनि धमाधम भइरहेको छ । 

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले सङ्घीय सरकारमातहतका समस्याग्रस्त सहकारीबाट बचत रकम फिर्ता गराउने कार्य द्रुततर गतिमा अघि बढाएको हो । 

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीका अनुसार सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय तहमा दर्ता भई आर्थिक अपचलन र हिनामिनामा संलग्न सहकारी सञ्चालकबाट बचत रकम फिर्ता गराउन सरकारले आवश्यक कारबाही अघि बढाएको छ ।

गोरखापत्र दैनिकले '१२०० जनाको बचत फिर्ता हुँदै' शीर्षकमा समाचार छापिएको छ ।

प्रतिक्रिया दिनुहोस