रोशीका ४४७ विधार्थीलाई सिटिजन लाइफद्वारा न्यानो कपडा वितरण

सफल खबर संवाददाता

आइतबार, १४ पुस २०८१, १३ : ३८
रोशीका ४४७ विधार्थीलाई सिटिजन लाइफद्वारा न्यानो कपडा वितरण

काठमाडौं। सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले काभ्रेपलाञ्चोकका ४४७ विधार्थीलाई न्यानो कपडा वितरण गरेको छ । गत साउनको बाढी पहिरोलगायतका प्राकृतिक विपत्तिबाट प्रभावित ​रोशी गाउँपालिकाका विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गरिएको हो ।​​

गाउँपालिकास्थित शान्ति बुद्ध प्राथमिक विद्यालयका ४७ र मंगल जन विजय माध्यमिक विद्यालयका ४०० विद्यार्थी ट्रयाक सुट वितरण गरिएको कम्पनीले जनाएको छ ।

कार्यक्रममा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका नायब प्रमुख कार्यकारी अधिकृत दीपबहादुर बीसी, प्रमुख बजार व्यवस्थापन अधिकृत भूषण रिमाल,  प्रमुख व्यवसाय अधिकृत सुनिल पोखरेल, स्थानीय तहका पदाधिकारीहरू, विद्यालयका शिक्षक, विद्यार्थी साथै अभिभावकहरूको उपस्थिति थियो।

कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत दीपबहादुर बीसीले कपडा पाएपछि विद्यार्थीको मुहारमा देखिएको खुशीले आफूलाई शान्ति मिलेको बताए । 'यस कार्यले विद्यार्थीको पढाइमा सहज हुने विश्वास लिएका छौं,' उनले भने, 'असहज परिस्थितिमा विद्यार्थीलाई सहयोग गर्न पाउँदा खुशी लागेको छ ।' उनले सबै विद्यार्थीहरूको उज्ज्वल भविष्यको कामनासमेत गरे ।

 

कार्यक्रममा समाजसेवी शंखबुद्ध लामाले आफू संस्थापक भएको विद्यालयमा सहयोग गरेकोमा सिटिजन लाइफलाई धन्यवाद दिए ।बीमा बुढेसकालमा सहारा हुने भएकोले बीमा गर्नुपर्नेमा उनले जोड दिए । मानिसलाई हुने आर्थिक नोक्सानीलाई न्यूनीकरण गर्न बीमाले ​मद्दत गर्ने उनको भनाइ छ ।

कम्पनीका एजेन्सी मेनेजर साथै यस कार्यक्रमका सहजकर्ता अशोकबुद्ध लामाले बीमाले भविष्यमा हुनसक्ने जोखिम कम गर्ने हुनाले जीवन बीमा आवश्यक रहेको बताए ।  विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानबहादुर लामाले सहयोगका लागि सिटिजन लाइफ इन्स्योरेन्सलाई धन्यवाद दिए ।

प्रतिक्रिया दिनुहोस