काठमाडौं। शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र बनाएको आरोपमा बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल- भरतपुर, चितवनका जुनियर असिस्टेन्ट मनसुन नेपालविरुद्ध मुद्दा दायर भएको छ ।
जुनियर असिस्टेन्ट पदमा बढुवा हुनका लागि नेपालले नक्कली प्रमाणपत्र पेश गरेको पाइएपछि आइतबार उनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।
आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार उनले स्कूल तहको नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी बढुवा भएको उजुरी आयोगमा परेको थियो ।
अनुसन्धानका क्रममा उनको एसएलसीको लब्धाङ्क पत्र र परोपकार आदर्श माध्यमिक विद्यालय, काठमाडौंबाट जारी भएको चारित्रिक प्रमाणपत्र नक्कली भएको पुष्टि भएको थियो । आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम उनलाई कैद र जरिवाना सजायको मागदाबी गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०७ पुस २०८१, १४ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बीपी कोइराला प्रतिष्ठानमा गतिरोध अन्त्य गर्न ६ बुँदे सम्झौता
बिपी प्रतिष्ठानका उपकुलपतिको कार्यकक्षमा हर्क साम्पाङको ताला