काठमाडौँ । जग्गा तथा आवास विकाससँग सम्बन्धित समस्याहरूको समाधानका लागि गठित कार्यदलले सहरी विकास मन्त्रालयलाई प्रतिवेदन बुझाएको छ । शुक्रवार सिंहदरबारमा उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहलाई प्रतिवेदन बुझाएको हो ।
जग्गा तथा आवास विकाससँग सम्बन्धित सुझावहरू तथा अन्य व्यवस्थाहरू अध्ययन गरी पुनरावलोकन गर्नुपर्ने विषय पहिल्याई गर्नुपर्ने सुधार सहितको प्रतिवेदन पेस गर्न सहरी विकास मन्त्रालयद्वारा गठित कार्यदलको प्रतिवेदन–२०८१ बुझ्दै उपप्रधानमन्त्री सिंहले घरजग्गाको किनबेचमा ठुलो उत्साह नरहेको बेलामा बनेको प्रतिवेदनले समस्या समाधान गर्ने विश्वास व्यक्त गरे ।
उनले प्रतिवेदनलाई सहरी विकास मन्त्रालयले चाँडै कार्यान्वयनमा लैजाने र यसले देशको अर्थतन्त्र चलायमान बनाउने विश्वास व्यक्त गरे । सहरमा भाडामा बस्ने परिवारको सङ्ख्या बढी रहेको भन्दै निम्न र मध्यम वर्गलाई हाउजिङबाटै आफ्नै सम्पत्ति हुनेगरी अघि बढ्ने योजना सफल बनायन सके अर्थतन्त्रमा ठुलो योगदान पुग्ने उनले बताए ।
ज्ञापन पत्र बुझाउँदै नेपाल जग्गा तथा आवास विकास संघका निवर्तमान अध्यक्ष भेषराज लोहनीले प्रतिवेदन सबैको लागि बनेको र प्रतिवेदन अध्ययन गरी कार्यान्वयनमा लैजान सके नेपालको घरजग्गाको क्षेत्रमा देखिएका धेरै समस्या समाधान हुने विश्वास व्यक्त गरे ।
उनले ल्यान्ड पुलिङ लगायतका धेरै विषयहरु प्रतिवेदनले समाधान गर्ने बताए। काठमाडौँ उपत्यकामा बनाउन लागिएका नयाँ ४ सहरमा निजी क्षेत्रलाई ढोका खोल्नसक्ने स्थिति निर्माण गर्नुपर्ने बताए ।
प्रतिवेदन बुझाउँदै सहरी विकास मन्त्रालयका सहसचिव एवं कार्यदलका संयोजक दिलीप भण्डारीले मुख्य सहरी क्षेत्रमा ४० प्रतिशत भन्दा बढी परिवार भाडामा बसेको अवस्थामा सङ्घीय सरकारले मात्रै जिम्मा लिएर आवास व्यवस्थापन गर्नसक्ने अवस्था नदेखिएको बताए । उनले अब स्थानीय तह र निजी क्षेत्रलाई पनि अधिकार र जिम्मेवारी नदिए समस्या कम गर्न नसकिने बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०५ पुस २०८१, १३ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अर्थतन्त्र समृद्ध बनाउन कृषि उत्पादन बढाउनुपर्छ : प्रकाशमान सिंह
अहिलेको गठबन्धनको विकल्प छैन, ओलीपछि देउवा प्रधानमन्त्री बन्नुहुन्छ : उपप्रधानमन्त्री सिंह
सम्पदाहरूको बजारीकरण गरेर देशमै रोजगारी सिर्जना गर्न सकिन्छ : उपप्रधानमन्त्री सिंह
सबै राजनीतिक दलसँग छलफल गरेरै संविधान संशोधन : उपप्रधानमन्त्री सिंह
आर्थिक समृद्धिका लागि काँग्रेस सक्षम छ, उच्च मनोबल राख्नुस् : उपप्रधानमन्त्री सिंह
पार्टी व्यवस्थापन कांग्रेसको मुख्य चुनौती : प्रकाशमान सिंह