बझाङमा लगातार दोस्रो दिन भूकम्प

सफल खबर संवाददाता

विहीबार, ०४ पुस २०८१, ०९ : १८
बझाङमा लगातार दोस्रो दिन भूकम्प

काठमाडौ । बझाङमा आज (बुधबार) पनि भूकम्प गएको छ। 

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज दिउँसो ३ बजेर २ मिनेट जाँदा बझाङको धमेना केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प गएको हो। 

हिजो मंगलबार पनि साँझ ५ बजेर ८ मिनेटमा बझाङकै तलकोट, रुपातोला र धमेनाबीचको क्षेत्रलाई केन्द्रबिन्दु बनाएर ४.३ म्याग्निच्युडको भूकम्प गएको थियो।  

प्रतिक्रिया दिनुहोस