काठमाडौँ । अवैध लागूऔषधसहित देशका विभिन्न स्थानबाट १० जना पक्राउ परेका छन् । नेपाल प्रहरीका अनुसार सुनसरीको धरान उपमहानगरपालिका–१५ बाट नियन्त्रित लागूऔषध ट्रामाडोल २ हजार १ सय ट्याब्लेट र स्पासपेन २ हजार १ सय ५० ट्याब्लेट सहित २ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३१ वर्षीय काजल तामाङ र सोही उपमहानगरपालिका ७ बस्ने २२ वर्षीय एलेन राई रहेका छन् । अस्थायी प्रहरी पोस्ट बरगाछी र अस्थायी प्रहरी पोस्ट तिनकुनेबाट खटिएको प्रहरीले हर्क बहादुर तामाङको घर तलासी गर्दा उक्त परिमाणको लागूऔषध फेला पारी हर्क बहादुरकी छोरी काजल समेत २ जनालाई पक्राउ गरेको हो ।
यता मोरङको विराटनगर महानगरपालिका–१५ एक नम्बर ढाँटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम १ सय मिलिग्राम सहित सुनसरी इटहरी उपमहानगरपालिका(१७ बस्ने २८ वर्षीय संजिव दंगाल समेत २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
कैलालीको धनगढी उपमहानगरपालिका–७ मनेहरा बस्ने २७ वर्षीय भक्तु रानालाई अवैध लागूऔषध ब्राउनसुगर ८ सय ६० मिलिग्राम सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।
बाँकेको नेपालगंज उपमहानगरपालिका–१० चारबाहिनी चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १९ ग्राम ३ सय मिलिग्रामसहित सोही उपमहानगरपालिका–१६ बस्ने ३९ वर्षीय ईरसाद अलीलाई मंलगबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले युपि ४० वाइ ८५८७ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१४ नयाँ बस्ती बस्ने ३३ वर्षीय चन्द्र बहादुर गोलेलाई अवैध लागूऔषध गाँजा करिब ५ किलोग्राम सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो ।
झापाको झापा गाउँपालिका(४ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ६ सय ७० मिलिग्राम सहित ३ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा दमक नगरपालिका–१ बस्ने २९ वर्षीय किशोर खवास, २८ वर्षीय सुरज राजबंशी र २८ वर्षीय सुनिल साह रहेका छन् ।
इलाका प्रहरी कार्यालय कुरखोदबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०३ पुस २०८१, १२ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जबरजस्ती करणी गरेको अभियोगमा युवक पक्राउ
जुवा खेलिरहेको अवस्थामा १७ जना पक्राउ
चोरीमा संलग्न भारतीय नागरिक पक्राउ
अवैध लागुऔषधसहित तीन जना पक्राउ
श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ
दुबई पठाइ दिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ