काठमाडौं। एसीसी यू-१९ एसिया कप क्रिकेटमा नेपालले भारतलाई ९५ रनको लक्ष्य दिएको छ ।मलेसियाको वायुमास ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ८ विकेट गुमाएर ९४ रन बनायो ।
नेपालका लागि कप्तान पूजा महतोले सर्वाधिक २५ रन बनाइन् भने एलिसाकुमारी यादवले अविजित रहँदै २० रनको योगदान गरिन् ।भारतका लागि परुनिका सिसोडियाले ४ ओभरमा १२ रन दिएर ४ विकेट लिइन् ।
सोमबार भएको आफ्नो पहिलो खेलमा नेपालले पाकिस्तानलाई ६ विकेटले पराजित गर्दै सुपर फोरमा स्थान सुरक्षित गरिसकेको छ । एसियाका ६ टोलीको सहभागिता रहेको प्रतियोगिताको समूह ‘ए’ मा बङ्गलादेश, मलेसिया र श्रीलंका छन् । समूह ‘बी’ मा भारत, पाकिस्तान र नेपाल छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०२ पुस २०८१, १४ : ०४
लेखकबाट थप