चितवन । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले पूर्वाधार विकास, निर्माणसम्बन्धी काम प्राथमिकताका आधारमा अघि बढ्ने बताएका छन् ।
भरतपुर विमानस्थलमा पत्रकारहरूसँग आज कुराकानी गर्दै उपप्रधानमन्त्री सिंहले विधि र आवश्यक प्रक्रियाअनुसार प्राथमिकताका आधारमा विकास, निर्माणसम्बन्धी काम अघि बढाइने उल्लेख गरे । उनले भने, “योजनाबिना काम थाल्नुभन्दा आवश्यकता र प्राथमिकताका आधारमा निष्कर्षमा पुर्याउने गरी निर्माण अघि बढाउने छौँ ।”
कुनै पनि निर्माणसम्बन्धी काम एक महिना वा छोटो अवधिमा सम्पन्न नभई योजनाबद्ध रूपमा गर्न जरुरी रहेकामा सहरी विकासमन्त्री सिंहले जोड दिए । पूर्वाधार निर्माणका लागि योजनासहित संरचना बनाउन समय लाग्ने भन्दै उनले बनेका विशेष संरचनाहरू सञ्चालन प्रक्रियामा अघि बढाइएको बताए ।
उपप्रधानमन्त्री सिंहसँगै चितवन पुगेका गृहमन्त्री रमेश लेखकले भरतपुर विमानस्थलमा प्रमुख प्रतिपक्षी दल जिम्मेवार रूपमा प्रस्तुत भई संविधान, देश र जनताकेन्द्रित कामका लागि सरकार र सरोकार भएकासँग आवश्यक सहकार्य र समन्वय गर्नुपर्ने बताए ।
मुलुकमा कानुनी राज्य स्थापना गर्दै विधिको शासन कायम गर्न सरकार लागिपरेको बताउँदै उनले सरकारको यो काममा प्रतिपक्षी दलले पनि सहयोग गर्ने विश्वास व्यक्त गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २९ मंसिर २०८१, १३ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
त्रिवि क्रिकेट मैदानको काम समयमै सम्पन्न गर्न उपप्रधानमन्त्री सिंहको आग्रह
निर्वाचित हुँदैमा जनप्रतिनिधि नियमभन्दा माथि हुँदैन : उपप्रधानमन्त्री सिंह
अहिले कांग्रेसको मूल ध्येय नै प्राप्त अधिकारको रक्षा गर्नु हो: उपप्रधानमन्त्री सिंह
सरकारलाई स्थायित्व दिँदै विकास गर्न एमालेसँग सहकार्य : उपप्रधानमन्त्री सिंह
वर्तमान सरकार दिगो विकास र स्थायित्वको लागि बनेको छ : उपप्रधानमन्त्री सिंह
जनताको अवस्था सुधार्न सरकारले काम गरिरहेको छ : उपप्रधानमन्त्री सिंह