चितवन । नेपाल पत्रकार महासंघको एक्काइसौँ महाधिवेशन अन्तर्गत चितवनमा भएको निर्वाचनबाट वसन्त पराजुली अध्यक्ष पदमा निर्वाचित भएका छन् ।
पराजुली प्रेस युनियन र प्रेस चौतारी नेपालको संयुक्त प्यानलबाट उम्मेदवार बनेका थिए ।
अध्यक्ष पदमा निर्वाचित पराजुलीले १३२ मत ल्याए भने उनका निकटतम प्रतिस्पर्धी प्रकाश ज्ञवालीले ९० मत ल्याए । ज्ञवाली प्रेस सेन्टर नेपाल र समाजवादी प्रेस संगठनको संयुक्त प्यानलबाट उठेका थिए ।
उपाध्यक्षमा दीपेन्द्र अधिकारी, महिला उपाध्यक्षमा शान्ता अधिकारी र सचिवमा राजेश घिमिरे निर्विरोध भए । सहसचिवमा राजु चौधरी, कोषाध्यक्षमा कृष्ण आचार्य र महिला सदस्यमा अस्मिता पराजुली निर्वाचित भएका छन् ।
२५५ जना सदस्य रहेको चितवनमा २२३ मत खसेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २९ मंसिर २०८१, ११ : ०९
लेखकबाट थप