काठमाडौ । नेपाल प्रिमियर लिग (एनपीएल) मा जित्नै पर्ने दबाबमा रहेको खेलमा काठमाण्डु गुर्खाजले पोखरा एभेन्जर्ससामु जितका लागि १ सय ३९ रनको लक्ष्य प्रस्तुत गरेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा काठमाण्डुले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ३८ रनको योगफल तयार पारेको हो।
पोखराका मध्यक्रमका ब्याटर रेमोन रेइफर ४१ रनमा अविजित रहे। उनले ३० बलमा १ चौका र ३ छक्का हाने।
ओपनर दिनेश खरेल ३८ रन बनाउँदा रासिद खानको बलमा एलबीडब्लु धरापमा परे। २५ बलको सामना गरेका खरेलले ६ चौका र १ छक्का प्रहार गरे।
२७ रन बनाएका दिलीप नाथ पनि रासिद खान कै बलमा बोल्ड आउट भए।
अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्। आन्द्रेस गउस र नारायण जोशी शुन्य रनमा नै पेभेलियन फर्के। आकर्षित गोमेल ८, कप्तान कुशल भुर्तेल ७ रनमा आृट भए। माइकल लिस्क १ रन बनाउँदा करण केसीको बलमा एलबीडब्लु धरापमा परे।
काठमाण्डुका लागि रासिद खान र करण केसीले समान ३ विकेट झारे। जेहार्ड इरासमस र माइकल लेविटले समान एक विकेट लिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २९ मंसिर २०८१, १० : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काठमान्डुलाई जितका लागि ११८ रनको लक्ष्य