चिनियाँ राष्ट्रपति र प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निम्तो

सफल खबर संवाददाता

बुधबार, १९ मंसिर २०८१, ०७ : ४१
चिनियाँ राष्ट्रपति र प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निम्तो

काठमाडौँ ।   प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सि जिनपिङ र समकक्षी ली छ्याङलाई नेपाल भ्रमणको निम्तो दिएका छन् ।

निम्तो पाएसँगै चिनियाँ राष्ट्रपति र प्रधानमन्त्रीले उपयुक्त समयमा नेपाल भ्रमण गर्ने आवश्वासन दिएको परराष्ट्र मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद ढकालले जानकारी दिए । 
 नेपाल र चीनबीच कुटनीतिक सम्बन्ध स्थापना भएको ७० औं वर्षको अवसरमा सन् २०२५ मा नेपाल भ्रमण गर्न प्रधानमन्त्री ओलीले राष्ट्रपति सीलाई राष्ट्रपति रामचन्द्र पौडेलको तर्फबाट निम्तो पत्र हस्तान्तरण गरेको उनले बताए । 

चिनियाँ प्रधानमन्त्री लीलाई भने उनले समकक्षीको रुपमा नेपाल भ्रमणको निम्तो दिएका हुन् । ओली सोमबारदेखि चीनको औपचारिक भ्रमणमा छन् ।

प्रतिक्रिया दिनुहोस