काठमाडौँ । काठमाडौँ महानगरपालिका-१६ मा जारी उपनिर्वाचनअन्तर्गत उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले पनि मतदान गरेका छन्।
उनले पकनाजोलस्थित मतदान केन्द्रमा मत खसालेका हुन्। ०७९ को निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष मुकुन्द रिजालको निधन भएपछि यहाँ उपनिर्वाचन भइरहेको हो।
काठमाडौँ-१६ मा नेपाली कांग्रेसले देवेन्द्र पाठक, नेकपा एमालेबाट लक्ष्मीरत्न तुलाधर, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट रोजिना श्रेष्ठ र एकीकृत समाजवादीबाट (माओवादीको समर्थनमा) मीनबहादुर मानन्धरसहित चुनावी प्रतिस्पर्धामा छन्।
राप्रपा, नेपकिपा, राप्रपा नेपाल, जसपा लगायतका दलका उम्मेदवार पनि वडा अध्यक्षको दौडमा छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १६ मंसिर २०८१, ०९ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नदीमा ढल मिसाउने अवस्थाको अन्त्य गर्न जरुरी : उपप्रधानमन्त्री सिंह
बागमती सभ्यतालाई कायम राख्न भइरहेका कामकारबाहीप्रति शहरी विकास मन्त्रीले जनाए असन्तुष्टि
प्रधानमन्त्रीसँग माल्दोभाका उपप्रधानमन्त्रीको भेट
पूर्व विशिष्टलाई सुविधा थप्ने सरकारको तयारी छैन : उपप्रधानमन्त्री सिंह
अर्थतन्त्र चलायमान बनाउन स्थानीय उत्पादनको प्रवर्द्धन गरौँ : उपप्रधानमन्त्री सिंह
एकैदिनमा देश बन्दैन, राष्ट्र निर्माणमा सबैको सहभागिता जरुरी छ : उपप्रधानमन्त्री सिंह