काठमाडौँ । नेकपा माओवादी केन्द्रले मंसिर मसान्तभित्र सबै पालिकाको अधिवेशन गरी सक्ने परिपत्र पठाएको छ । हालै बसेको पदाधिकारी बैठकअनुसार सम्मेलन गर्नको लागि मातहतका कमिटीलाई परिपत्र पठाएको मुख्यसचिव श्रीराम ढकालले बताए ।
उनले भने, ‘पार्टीले मंसिर मसान्तभित्र सबै पालिकालाई अधिवेशन सक्न परिपत्र पठाएको छ । पार्टीको विधान २०८० बमोजिम सबै कमिटीमा नयाँ नेतृत्व आउँछ ।’
पार्टीका घोषित जनवर्गीय संगठनहरूको आन्तरिक निर्वाचनलाई पूर्ण लोकतान्त्रिक, स्वच्छ, निष्पक्ष र विश्वसनीय रूपले सम्पादन गर्नका लागि सम्बन्धित सरोकारवालाहरूले पालना गर्नुपर्ने आचरणलाई व्यवस्थित गर्न वाञ्छनीय भएकोले पार्टी विधानको धारा १९९३० ले केन्द्रीय निर्वाचन आयोगलाई दिएको अधिकारहरूको प्रयोग गरी आचारसंहिता निर्माण गरी जारी गरिएको उनले बताए ।
माओवादीले जारी गरेको आचारसंहितामा भनिएको छ, ‘पार्टीको घोषित नीति, सिद्धान्त कार्यक्रम विपरीत प्रचारप्रसार गर्न/गराउन पाइने छैन। निर्वाचन आयोगले तोकेको निर्वाचन क्षेत्रभित्र कुनै प्रकारको प्रचारप्रसार सामाग्रीहरू (पर्चा, पोष्टर, व्यानर) टाँस्न र सभा-जुलस गर्नरगराउन पाइने छैन ।’
उम्मेदवार तथा मतदाताहरूले व्यक्तिगत आधारमा बाहेक समूहगत आधारमा प्रचारप्रसार गर्न, प्रचार सामाग्री प्रकाशन तथा वितरण गर्न, मत माग्न र नामावली बाँड्न नपाइने उल्लेख छ ।
सहमतिले नेतृत्व चयन हुन नसकेमा निर्वाचन प्रणालीमार्फत समिति गठन गर्ने तर समूहगत आधारमा उम्मेदवारको नामावली लेखिएको वा छापिएको सामाग्रीहरू हेरि मतदान गर्न पूर्णतः निषेध गरिएको उनले बताए ।
अधिवेशनमा वडा स्तरीय समितिको मनोनयन शुल्क पदाधिकारीको २ सय, सदस्यहरू एक सय, पालिका स्तरीय समितिको मनोनयन शुल्क पदाधिकारीको ५ सय सदस्यहरूको ३ सय तोकिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १४ मंसिर २०८१, १८ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकारकै नालायकीले राजावादीहरू सक्रिय भएको माओवादीको निष्कर्ष
माओवादीको पहलमा प्रदर्शनको तयारीमा गणतन्त्रवादीहरू
पूर्वसांसद साह माओवादी केन्द्रमा प्रवेश
ओलीलाई ‘प्रचण्ड’को चेतावनी - तपाईँ आफैँ फेल भइसक्नुभयो, शिक्षकलाई अपमानित गर्ने अधिकार छैन
सुशासनको निम्ति सबैभन्दा पहिला भ्रष्टाचार अन्त्य गर्नुपर्छ : श्रीकृष्णप्रसाद अधिकारी
माओवादीले बोलायो पदाधिकारी बैठक