काठमाडौं । युएईमा आजदेखि सुरु भएको एसीसी यू-१९ एसिया कपमा नेपालले आफ्नो पहिलो खेलमा श्रीलंकासँग खेल्दैछ । केहीबेरमा सुरू हुने खेलमा नेपालले पहिले बलिङ गर्दै छ । नेपालका कप्तान हेमन्त धामीले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।
राष्ट्रिय टिमबाट खेलिसकेका पेस बलर हेमन्त धामीको कप्तानीमा रहेको नेपाली टोली बुधबार यूएई पुगेको थियो । नेपालको मुख्य प्रशिक्षकमा शक्ति गौचन छन् । पहिलो पटक यू-१९ टिमको प्रशिक्षण सम्हालेका गौचनले राम्रो नतिजा ल्याउने आशा राखेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १४ मंसिर २०८१, ११ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
श्रीलङ्कालाई पछि पार्दै युएई र बङ्गलादेश सेमिफाइनलमा