काठमाडौं । मन्त्रिपरिषद् बैठक आज साँझ बस्दैछ । बैठक साँझ पाँच बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्न लागेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणबारे निर्णय गर्न बैठक बस्न लागेको हो । बैठकमा चीन भ्रमणका एजेन्डाबारेमा पनि छलफल हुनेछ ।
प्रधानमन्त्री ओली यही मंसिर १७ गते चीन भ्रमण जाने तयारीमा छन् । प्रधानमन्त्री केपी शर्मा ओली ४० सदस्यीय टोलीको नेतृत्व गर्दै चीन भ्रमणमा जाँदैछन् । त्यसअघि भ्रमणको तयारीका लागि आजै दिउँसो परराष्ट्रमन्त्री आरजु राणा चीन जाँदैछिन् । मन्त्री राणाले शुक्रबार (मंसिर १४) चिनियाँ विदेशमन्त्री वाङ यीसँग छेङ्दुमा भेटवार्ता गर्ने तय भएको छ ।
भेटमा प्रधानमन्त्रीको भ्रमण दुई देशको आपसी हितका विविध विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले बताएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १३ मंसिर २०८१, १० : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यस्ता छन् मन्त्रिपरिषद् बैठकका १९ निर्णय
मन्त्रिपरिषद् बैठक स्थगित
यस्ता छन् कर्णाली मन्त्रिपरिषद् बैठकका ७ निर्णय
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
प्रधानमन्त्रीको नेतृत्वमा ८७ सदस्यीय टोली चीन भ्रमणमा जाने
प्रहरी ऐन छलफलका लागि विधायन समितिमा पठाउने सरकारको निर्णय