लाभांश घोषणापछि कुथेली बुखरी हाइड्रोपावरको सेयर मूल्यमा सर्किट

सफल खबर संवाददाता

मंगलबार, ११ मंसिर २०८१, १३ : ४७
लाभांश घोषणापछि कुथेली बुखरी हाइड्रोपावरको सेयर मूल्यमा सर्किट

काठमाडौँ । कुथली बुखरी स्मल हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।सोमबार साँझ बसेको सञ्चालक समितिको बैठकले सेयरधनीका लागि लाभांश घोषणा गरेको थियो । बैठकले १० प्रतिशत बोनस सेयर दिने निर्णय गरेको थियो ।

सोमबार १० प्रतिशतको सेयर बोनस घोषणा भएपछि मंगलबार यसको सेयर किन्ने धेरै देखिए । जसले गर्दा कारोबार सुरु भएको दुई घण्टा नपुग्दै कम्पनीको सेयर मूल्य प्रतिकित्ता २५४ रुपैयाँ बढेको छ । १० प्रतिशतले मूल्य बढ्दै आज कुथली बुखरीको सेयर मूल्य प्रतिकित्ता २७९३ रुपैयाँ कायम भएको छ ।

हाल कम्पनीको चुक्ता पुँजी १२ करोड १८ लाख ६७ हजार रुपैयाँ छ । जसबाट लगानीकर्ताहरूले १ करोड २१ लाख ८६ हजार बराबरको लाभ पाउनेछन् । 

प्रतिक्रिया दिनुहोस