काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली भन्दा अगाडि परराष्ट्र मन्त्री आरजु राणा देउवा चीन जाने भएकी छन् । उनी प्रधानमन्त्रीको चीन भ्रमण तयारीका लागि चीन जान लागेकी हुन् ।
आफू बुधबार पछि चीन जान लागेको सोमबार प्रधानमन्त्री ओलीले आयोजना गरेको छलफलका क्रममा जानकारी गराएकी छन् । ‘म यो भ्रमणको पूर्व तयारीको लागि दुई दिन पछि जाँदै छु,’ उनले भनिन् ।
परराष्ट्र मन्त्रालय स्रोतका अनुसार उनी मंसिर १३ गते बेइजिङ जाने तयारीमा छन् । उनले १४ गते समकक्षी वाङ यीसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको बताइएको छ ।
परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री ओलीको चीन भ्रमणको तालिका तय गरिसकेको छ । प्रस्तावित तालिका अनुसार प्रधानमन्त्री ओली मंसिर १७ गते चीन भ्रमणमा जानेछन् । प्रस्तावित तालिका अनुमोदन गर्न आज साँझ पाँच बजे मन्त्रिपरिषद् बैठक बोलाइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १० मंसिर २०८१, १५ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
परराष्ट्र मन्त्री राणा र बेल्जियमका विदेशमन्त्रीबीच भेटवार्ता
काठमाडौँमा दूतावास स्थापना गर्न क्यानडालाई परराष्ट्र मन्त्री राणाको आग्रह