काठमाडौं । प्रतिनिधिसभाका सचिव सुरेश अधिकारीले पदबाट राजीनामा दिएका छन् । स्वास्थ्यको कारण देखाउँदै उनले जिम्मेवारी सम्हालेको पाँच महिनामै राजीनामा गरेका हुन् ।
नेपाल प्रेससँग कुरा गर्दै अधिकारीले राष्ट्रपतिसमक्ष राजीनामा बुझाएको बताए । उनी विगतमा नेपाल सरकारका सचिव थिए । शिक्षा मन्त्रालयको सचिवबाट रिटायर्ड भएपछि उनलाई संसद सचिवालयमा ल्याएर प्रतिनिधि सभाको सचिव नियुक्त गरिएको थियो । उमेर हदका हिसाबले अधिकारीको दुई वर्ष सेवा अवधि बाँकी थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०९ मंसिर २०८१, १३ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रतिनिधिसभाका सचिव सुरेश अधिकारीको राजीनामा स्वीकृत