काठमाडौँ । जिल्ला प्रहरी कार्यालय कैलाली र मातहतबाट खटी गएको प्रहरी टोलीले जिल्लाका विभिन्न स्थानहरूबाट भारतीय नाकाहरूबाट भन्सार छली गरी ल्याएको अन्दाजी ७ लाख ७२ हजार मूल्य बराबरको अवैध मालसामान बरामद गरेको छ ।
धनगढी उपमहानगरपालिका स्थित ट्राफिक चौराह, त्रिनगर ब्यारेल, मिलन चोक र बहुलियाबाट अन्दाजी ३ लाख ५६ हजार मूल्य बराबरको लेमिलेसनको मेसिन, शृङ्गारको सामान, कपडा, किराना सामान, प्याज, चिनी र त्रिपाल फेला पारेको प्रहरीले जनाएको छ ।
त्यसैगरी धनगढी गोदावरी नगरपालिका-४ वनदेबीबाट अन्दाजी ३ लाख ३८ हजार मूल्य बराबरको कस्मेटिक सामान र कपडा बरामद गरिएको छ भने भजनी नगरपालिकास्थित जसब र सोनाहफाटाबाट अन्दाजी ५९ हजार मूल्य बराबरको सुर्तीजन्य पदार्थ, किराना सामान र टिकापुर नगरपालिका-९ ठोसे बजारबाट अन्दाजी १८ हजार ७ सय मूल्य बराबरको चिनी बरामद गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
शनिबार, ०८ मंसिर २०८१, ११ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नौ लाख बराबरको भन्सार छलीका सामान बरामद
बजेटमार्फत अर्थमन्त्रीको सुधार : अवैध व्यापार रोक्न बिजकमा एसएस कोड अनिवार्य