काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले सीआईपी सम्मान (व्यवसायिक महत्त्वपूर्ण व्यक्ति) गर्ने निश्चित मिति घोषणा गर्न माग गरेका छन् । शुक्रबार नेपाल सिमेन्ट उत्पादक संघको नवनिर्वाचित कार्यकारी समितिको बैठकमा बोल्दै उनले यस्तो माग गरेका हुन् ।
सीआईपी जारी गर्ने निश्चित मिति घोषणा गर्न सके धेरै निर्यात गर्ने, धेरै कर तिर्ने, धेरै भन्दा धेरै रोजगारी दिने र व्यवसायीलाई पनि सक्षम बनाउने काम हुने उनको भनाई थियो। उनले सीआईपी जारी गर्ने निश्चित मिति घोषणा गर्दा समग्रमा सकारात्मक वातावरण दाबी गरे ।
उनले भने, ‘वास्तवमा नेपाल सरकारका कतिपय नीतिहरूको कारणबाट कतिपय, सरकारको रेभिन्यु खर्च नगरीकन सरकारको तर्फबाट गर्ने केही सरकारी खर्च नगरीकन गर्ने निर्णयहरुले धेरै काम गर्छ भन्ने कुरा राख्न चाहन्छु ।
माननीय मन्त्रीज्यूले निजी क्षेत्रले गरेको, निजी क्षेत्रले रोजगारी सिर्जना, रेभिन्युमा सहयोग गरेको र निजी क्षेत्रलाई सँगै लिएर निजी क्षेत्रको मनोबल बढाउने कुरामा माननीय मन्त्रीज्यूले जुन इन्करेज गर्नुभयो । त्यसको लागि मन्त्रीज्यू र सरकारलाई धेरै धन्यवाद दिन चाहन्छु । श्रीमान् सचिवज्यू वास्तवमा यो सीआईपीको डेट फिक्स गरौँ । यो दिन नेपाल सरकारले सीआईपी दिन्छ भनेर एउटा पब्लिक डेट घोषणा गरौँ । यसले धेरै निर्यात गर्ने, धेरै कर तिर्ने, धेरै भन्दा धेरै रोजगारी दिने व्यवसायीलाई इन्करेज गर्नेछ । जसले समग्रमा सकारात्मक वातावरण बनाउनेछ ।’
अध्यक्ष ढकालले अहिले सकारात्मक माहौल बनिरहेको भन्दै यसले आगामी दिनमा निजी क्षेत्रबाट महत्त्वपूर्ण उपलब्धि हुने विश्वास राखे । उनले दुई ठुला राजनीतिक दल मिलेर बनेको सरकारबाट व्यावसायिक वातावरण मिलेको महसुस भएको बताए । उनले अहिले लगानीको वातावरण रहेको र आन्तरिक लगानी बढ्नेमा विश्वस्त रहेको जिकिर गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०१ भदौ २०८१, १६ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पर्यटन विकासका लागि पर्यटकीय पूर्वाधारको विकास आवश्यक छ: अध्यक्ष ढकाल
चर्चा कमाउनका लागि मात्रै निर्णय नगरौँ : अध्यक्ष ढकाल
निजी क्षेत्रलाई सम्मानपूर्वक काम गर्ने अवसर दिनुपर्छ : चन्द्र ढकाल
स्याङ्जाको सुन्तला र पर्यटन प्रवर्द्धनमा सहकार्य गर्ने अध्यक्ष ढकालको प्रतिबद्धता
महासङ्घ अध्यक्ष ढकालको आग्रह– सूचना प्रविधिको विकासलाई प्राथमिकतामा राखौँ
नेपालमा अवसर नै अवसर छन्, लगानी गर्नुस्, सहकार्यका लागि हामी तयार छौँ : अध्यक्ष ढकाल