राष्ट्रिय सहकारी विकास बोर्डको अनधिकृत संरचनामा ललितपुर महानगरले चलायो डोजर

सफल खबर संवाददाता

आइतबार, २५ कार्तिक २०८१, ११ : ३४
राष्ट्रिय सहकारी विकास बोर्डको अनधिकृत संरचनामा ललितपुर महानगरले चलायो डोजर

काठमाडौं । ललितपुरको हरिहरभवनस्थित राष्ट्रिय सहकारी विकास बोर्डको अनधिकृत संरचना ललितपुर महानगरपालिकाले भत्काएको छ । महानगरले आज बिहान डोजर र नगर प्रहरीहरु परिचालन गरी अनधिकृत संरचना भत्काएको हो ।

ललितपुर महानगरपालिकाका नगर प्रहरी प्रमुख सीताराम हाछेथुले मापदण्ड विपरीतका संरचना भत्काइएको जानकारी दिए । उनका अनुसार यसअघि अदालतले अनधिकृत संरचना हटाउन आदेश दिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस