देउसी भैलोबाट ३ लाख ५२ हजार रुपैयाँ संकलन

सफल खबर संवाददाता

मंगलबार, २० कार्तिक २०८१, १३ : ३८
देउसी भैलोबाट ३ लाख ५२ हजार रुपैयाँ संकलन

अछाम। अछामको चौरपाटी गाउँपालिका- १ स्थित परिवर्तनशील युवा क्लबले देउसी भैलोबाट साढे तीन लाख रुपैयाँ संकलन गरेको छ ।​​​मटेना टोलमा गठित क्लब र देवीस्थान आधारभूत विद्यालयले संयुक्त रूपमा खेलेको देउसी–भैलोबाट ३ लाख ५२ हजार ३६५ रुपैयाँ संकलन भएको हो ।

लक्ष्मी पूजाको दिनदेखि संयुक्त रूपमा शुरू भएको देउसी भैलोबाट उक्त रकम संकलन भएको क्लबले जनाएको छ । क्लबका अनुसार करिब ५ दिन देउसी भैलो खेलिएको थियो । क्लब र विद्यालयले खेलेको देउसी भैलो पालिकामै उत्कृष्ट रहेको दाबीसमेत गरिएको छ ।

हरेक वर्ष क्लबले देउसी भैलोबाट लाखौं रुपैयाँ संकलन गर्दै आएको छ । यस पटक पनि भैलोलाई निरन्तरता दिँदै क्लबले वडा नम्बर १ भित्रैका विभिन्न टोलमा भैलो मागेको थियो । क्लबले विद्यालयलाई प्रत्यक्ष रूपमा आर्थिक सहयोग गरिरहेको छ।

 

 

 

 

 

 

क्लबको सहयोगबाट देवीस्थान आधारभूत विद्यालयमा निजी स्रोतबाट दुई जना शिक्षक राखिएको छ ।यस्तै क्लबले अन्य सामाजिक कार्य पनि गर्दै आएको छ ।

समाजका असहाय दुःखी र पीडितहरूलाई क्लबले आर्थिक सहयोग गर्दै आइरहेको छ। आफ्नो गाउँ टोलमा विभिन्न समयमा भएमा क्लबले समाधान समेत गर्ने गरेको क्लबका अध्यक्ष देवबहादुर साउदले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस