वासिङ्टन डीसी । मंगलबार हुन गइरहेको अमेरिकी राष्ट्रपति निर्वाचनमा डेमोक्रेट पार्टीकी उम्मेदवार तथा वर्तमान उपराष्ट्रपति कमला ह्यारिसले आफू अर्को राष्ट्रपति बन्न तयार रहेको बताएकी छिन् । फिलाडेल्फियामा आफ्नो अन्तिम चुनाव प्रचार प्रसार अभियानको क्रममा मञ्चमा बोल्ने क्रममा उनले यस्तो बताएकी हुन् ।
अमेरिका के हो भनेर देखाएकोमा आफ्ना समर्थकलाई धन्यवाद भन्दै उनले यी सबैमा आफूहरू सबै एकै ठाउँमा रहेको बताएकी थिइन् ।
आफ्नो चुनावी अभियान अमेरिकीहरूको महत्त्वाकाङ्क्षा, आकाङ्क्षा र सपनालाई जागृत गरेको अनि मिलेर के गर्न सक्छौँ भन्नेबारे आफू आशावादी र उत्साहित रहेको पनि उनले बताइन् ।
मतदातासामु भय र विभाजनले डोर्याएको दशकयताको राजनीतिको पृष्ठ पल्टाउने अवसर भएको पनि उनले बताइन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २० कार्तिक २०८१, १३ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हारपछि ह्यारिसको पहिलो सम्बोधन, शान्तिपूर्ण सत्ता हस्तान्तरणमा जोड
युक्रेन र लेबनान युद्ध अन्त्यको पक्षमा ह्यारिस
ह्यारिस अभियानद्वारा एक महिनामा ५४ करोड डलर संकलन