ह्यारिस अभियानद्वारा एक महिनामा ५४ करोड डलर संकलन

सफल खबर संवाददाता

सोमबार, १० भदौ २०८१, ११ : १९
ह्यारिस अभियानद्वारा एक महिनामा ५४ करोड डलर संकलन

वासिङ्टन । कमला ह्यारिसको अमेरिकी राष्ट्रपति अभियानले आइतबार एक महिनामा आधा अर्ब डलरभन्दा बढी चन्दा सङ्कलन गरेको बताएको छ । यो अमेरिकी इतिहासमा कुनै पनि अभियानका लागि कीर्तिमान हो ।

राष्ट्रपति जो बाइडेनले जुलाई २१ मा ह्वाइट हाउसको दौडबाट बाहिरिएर ह्यारिसलाई समर्थन गरेपछि र ह्यारिसले आफ्नो अभियान सुरु गरेपछि ५४ करोड डलरको आश्चर्यजनक राशि उनी रिपब्लिकन प्रतिद्वन्द्वी डोनाल्ड ट्रम्पसँग निर्वाचनको दिन नोभेम्बर ५ का लागि अन्तिम १० साताको दौडमा सहभागी भएपछि सङ्कलन भएको हो । 

प्रतिक्रिया दिनुहोस