काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सहभागी नहुने भएका छन् ।
आजको बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ लाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ । सोही विषयमा छलफल गर्न समितिले प्रधानमन्त्री ओली र गृहमन्त्री रमेश लेखकलाई बोलाएको थियो ।
प्रधानमन्त्री सहभागी नहुने भए पनि गृहमन्त्री लेखक भने बैठकमा सहभागी हुने समितिले जनाएको छ । बैठक मध्याह्न सवा १२ बजे सिंहदरबारस्थित कानून, न्याय तथा मान अधिकार समितिको सभाकक्षमा बस्दैछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १२ कार्तिक २०८१, ११ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार घोषणा
प्रजातन्त्र दिवसमा प्रधानमन्त्रीको सम्बोधन- भावी पुस्ताले बिर्सन नमिल्ने दिन ‘फागुन ७’
आज नेपालीको जीवनको सर्वाधिक महत्त्वको दिन हो : प्रधानमन्त्री ओली
प्रधानमन्त्रीलाई संस्कृत विश्वविद्यालयको जग्गा खोजबिन समितिको प्रतिवेदन हस्तान्तरण
१५ बुँदामा भीम राववले गरे प्रधानमन्त्री ओलीमाथि हमला
तीनै तहका सरकारबीच सहकार्य आवश्यक : प्रधानमन्त्री ओली