कोशीमा भौतिक पूर्वाधारमन्त्री राईलाई स्वास्थ्य मन्त्रालयको जिम्मा

सफल खबर संवाददाता

विहीबार, ०८ कार्तिक २०८१, १३ : ४७
कोशीमा भौतिक पूर्वाधारमन्त्री राईलाई स्वास्थ्य मन्त्रालयको जिम्मा

विराटनगर । कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आफूसँग भएको स्वास्थ्य मन्त्रालयको जिम्मा भौतिक पूर्वाधारमन्त्री भूपेन्द्र राईलाई दिएका छन् ।

बिहीबार मुख्यमन्त्री कार्कीले कांग्रेसबाट सरकारको नेतृत्व गरिरहेका राईलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिएका हुन् । कोशीमा ८ मन्त्री र २ राज्यमन्त्री गरी १० सदस्यीय मन्त्रिपरिषद छ ।

प्रतिक्रिया दिनुहोस