काठमाडौं। पछिल्ला केही दिनयता काठमाडौं उपत्यकामा तरकारीको मूल्य आकासिएको छ । त्यसमा पनि गोलभेँडाको मूल्य अत्यधिक बढेको छ । उपत्यकामा गोलभेँडाको मूल्य बढेर थोकमै प्रतिकेजी १८० रुपैयाँ पुगेको छ । मागअनुसार गोलभेँडाको आपूर्ति हुन नसक्दा मूल्य बढेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।
खुद्रामा गोभेँडाको मूल्य प्रतिकेजी दुई सयदेखि २५० सम्ममा किनबेच भइरहेको छ । समितिका अनुसार केही दिनअगाडि देशभर आएको अविरल वर्षाले गोलभेँडा खेतीमा क्षति पुगेकाले मूल्य उच्च भएको हो । यसअघि गोलभेँडाको मूल्य यति धेरै महँगिएको थिएन ।
अहिले कालीमाटी बजारमा गोलभेँडाको मूल्य प्रतिक्रेट तीन हजारदेखि तीन हजार पाँच सयसम्म पुगेको छ । तिहारपछि विस्तारै गोलभेँडाको मूल्य घट्ने अनुमान छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०८ कार्तिक २०८१, १३ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दुई सातामा प्रतिकिलो ६१ प्रतिशतसम्म महँगियो गोलभेँडा
बजार नपाउँदा बारीमै कुहिन थाल्यो गोलभेँडा, ज्याला उठाउन धौधौ