कपिलवस्तु । कपिलवस्तुबाट प्रहरीले स्रोत नखुलेको २० लाख ५० हजार भारतीय रुपैयाँसहित दुईजना भारतीय नागरिकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा महाराष्ट्र प्रदेशको राइगट जिल्ला मुम्बई सिटी बस्ने ३३ वर्षीय सलमान कुरेसिया र सोही ठाउँका उमेश सखाराम खंडागले छन्। कृष्णनगर नगरपालिका २ लिङ्गेटबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ।
नियमित जाँचको क्रममा सोमबार राति करिब ९ बजे भारतबाट नेपाल आउँदै गरेका दुई वटा गाडीबाट साढे २० लाख भारतीय रुपैयाँ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक डीएसपी मोहनमणि अधिकारीले जानकारी दिए।
यूपी ४५ एएस ६६६३ नम्बरको भारतीय गाडीबाट ८ लाख र यूपी ४२ डीटी ५७२१ नम्बरको गाडीबाट १२ लाख ५० हजार रकम बरामद भएको हो।
गाडीमा भेटिएको रकमको कुनै वैध स्रोत नखुलेपछि प्रहरीले तुरुन्तै उनीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०६ कार्तिक २०८१, ०९ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
३३० किलोग्राम गाँजासहित तीन जना पक्राउ
विदेश पठाइदिन्छु भन्दै रकम ठगेको आरोपमा २ जना पक्राउ
किशोरी बलात्कारको आरोपमा १ जना पक्राउ
लागुऔषधसहित विभिन्न स्थानबाट आठ जना पक्राउ
अपहरण गरी फिरौती रकम माग गर्ने दुई जना पक्राउ
सर्वोच्चको बोर्डमा कालो रङ छ्यापेको आरोपमा बिनु यादव पक्राउ