सरकारले झुटा मुद्दामा फसाउन खोज्यो, अदालतले मलाई न्याय दिन्छ : रवि लामिछाने

सफल खबर संवाददाता

आइतबार, ०४ कार्तिक २०८१, १३ : ४८
सरकारले झुटा मुद्दामा फसाउन खोज्यो, अदालतले मलाई न्याय दिन्छ  : रवि लामिछाने

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूलाई अदालतले न्याय दिने बताएका छन् ।

सहकारी ठगीमा अनुसन्धानका लागि हिरासतमा राख्ने म्याद थपका लागि आइतबार प्रहरीले जिल्ला अदालत लगेका बेला पत्रकारहरुसँगको कुराकानीमा आफूलाई न्यायलयप्रति विश्वास रहेको बताएका हुन् ।

‘अदालतले मलाई न्याय दिन्छ, मलाई न्यायालयप्रति एकदमै धेरै विश्वास छ । तर केपी ओली सरकार रहिरहने हो भने जनताले धेरै दुख पाउँछन् । यो सरकार रहँदासम्म झुटा मुद्दामा मान्छेलाई फसाउने काम गरिरहन्छ’, उनले भने ।