रविविरुद्धको मुद्दा न्यायाधीश नवराज दाहालको इजलास

सफल खबर संवाददाता

आइतबार, ०४ कार्तिक २०८१, ११ : ४४
रविविरुद्धको मुद्दा न्यायाधीश नवराज दाहालको इजलास

पोखरा । सहकारी ठगी आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्री तथा राष्ट्रिय सभापति रवि लामिछानेविरुद्धको मुद्दा न्यायाधीश नवराज दाहालको इजलासमा परेको छ । अदालतका स्रेस्तेदार राजन खनालका अनुसार लामिछानेविरुद्धको मुद्दा एक नम्बर न्यायाधीशकै बेञ्चमा परेको हो ।

शुक्रबार काठमाडौंमा पक्राउ परेका लामिछानेलाई सोही दिन राति नै पोखरा ल्याइएको हो । उनलाई केहीबेरमा अदालतमा उपस्थित गराइँदैछ । शनिबार सार्वजनिक बिदा परेकाले उनलाई आजमात्रै अदालत उपस्थित गराउन लागिएको हो ।

पोखराको सूर्यदर्शन सहकारी ठगी तथा संगठित अपराधमा उनीमाथि अनुसन्धान गर्ने प्रहरीको तयारी छ ।

प्रतिक्रिया दिनुहोस