काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधि सभाको विशेष अधिवेशन बोलाउन माग गरेको छ ।
विपद्को पूर्व तयारीमा चुकेको सरकार व्यवस्थापनमा पनि असफल भएको रास्वपाको ठहर छ । रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले बुधबार विज्ञप्ति जारी गर्दै मुद्दा खेपिरहेका व्यापारीबाट करौडौंको जग्गा दान लिएर सत्ताको नेतृत्व गर्ने दलले नै स्वार्थको द्वन्द्वको डरलाग्दो अभ्यास गरेको बताएका हुन् ।
आम नागरिकमा चरम असन्तुष्टि र उद्यमी व्यवसायीहरूमा निराशा रहेको भन्दै वक्तव्यमा भनिएको छ, आत्मविश्वास र दक्षता स्खलित हुँदा दुई तिहाइको सरकार काम चलाउ जस्तो देखिन्छ । सरकारलाई निगरानी गर्नुपर्ने संसदीय समितिहरू समेत सत्ता पक्षीय बहुमतको बन्धक भएका छन् ।’
यस्तो बेला जनप्रतिनिधि मौन बस्न नमिल्ने भन्दै रास्वपाले संसदको विशेष अधिवेशनका लागि दलहरुलाई अपिल गरेको छ ।
प्रतिनिधि सभा नियमावली अनुसार कुल सदस्य ९२७५० को एक चौथाइ (६९) ले राष्ट्रपति समक्ष विशेष अधिवेशन आह्वानका लागि आवेदन दिन सक्छन् । संसदको दुई ठूला दल काँग्रेस र एमाले मिलेर बनेको सरकारमा लोसपा र नाउपा सरकारमै छ भने जनमतको समर्थन छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ३० असोज २०८१, २० : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपाले प्रथम महाधिवेसन चितवनमा गर्ने
रास्वपाले प्रथम महाधिवेसन चितवनमा गर्ने
अनावश्यक प्रचार नगरी उद्धार कार्यमा खटिन रास्वपाद्वारा पार्टी सदस्यहरुलाई निर्देशन
रास्वपाले बोलायो आकस्मिक बैठक
रवि पक्राउ पर्ने चर्चापछि चीन भ्रमण छोट्याएर फर्किए रास्वपाका नेता
रास्वपाले बोलायो आकस्मिक भेला