काठमाडौँ । सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित नृपध्वज निरौलाविरुद्ध संसदीय सुनुवाइ समितिमा दुई वटा उजुरी परेको छ । मङ्गलवारसम्म उजुरी दिने समय रहेकोमा एउटा इमेलबाट र एउटा लिखित रूपमा उजुरी परेको संसदीय सुनुवाइ समितिकी सहसचिव निर्मलादेवी लामिछानेले जानकारी दिइन् ।
अर्का प्रस्तावित न्यायाधीश नित्यानन्द पाण्डेविरुद्ध भने उजुरी नपरेको उनले बताइन् । गत असोज १५ गते सुनुवाइ समितिले सर्वोच्चका लागि प्रस्तावित न्यायाधीशहरू निरौला र पाण्डेविरुद्ध उजुरी आह्वान गरेको थियो । दसैँ मानेर सांसदहरू काठमाडौँ आइसकेपछि बैठक राखेर उनीहरूमाथि संसदीय सुनुवाइ गर्ने तयारी रहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ३० असोज २०८१, १५ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रस्तावित न्यायाधीश निरौला र पाण्डेको नाम सर्वसम्मत अनुमोदन
सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश नृपध्वज निरौलामाथि संसदीय सुनुवाइ सुरु