रतन टाटाको निधनमा झारखण्ड सरकारद्वारा राजकीय शोक घोषणा

सफल खबर संवाददाता

विहीबार, २४ असोज २०८१, ११ : १४
रतन टाटाको निधनमा झारखण्ड सरकारद्वारा राजकीय शोक घोषणा

एजेन्सी । भारतीय उद्योगपति रतन टाटाको निधनमा झारखण्ड सरकारले एकदिने राजकीय शोक घोषणा गरेको छ।

झारखण्डका मुख्यमन्त्री हेमन्त सोरेनले सामाजिक सञ्जालमार्फत उक्त जानकारी दिएका हुन्। 

उनले टाटा समूहको झारखण्डसँग विशेष सम्बन्ध रहेको उल्लेख गरेका छन्। 

‘टाटा समूहले जमशेदपुरमा आफ्नो पहिलो स्टिल प्लान्ट स्थापना गरेको थियो’, उनले लेखेका छन्, ‘जमशेदपुरका बासिन्दाहरू भन्छन्– रतन टाटा जहिले पनि यहाँ आउनुहुन्थ्यो, उहाँले मानिसहरूलाई धेरै बडो आत्मीयताका साथ  भेट्नुहुन्थ्यो। यो सहरसँग उहाँको विशेष सम्बन्ध छ।’

मुम्बईको एक अस्पतालमा बुधबार राति टाटाको निधन भएको हो। रतन टाटाको जन्म २८ डिसेम्बर १९३७ मा भएको थियो।  भारत सरकारले उनलाई पद्मविभूषणबाट सम्मान गरेको थियो। 

प्रतिक्रिया दिनुहोस