जनकपुर । हालैको बाढीबाट मधेश प्रदेशमा ८० करोड ४५ लाख भन्दा बढीको क्षति भएको छ ।
मधेश प्रदेशका ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालयका सचिव जक्की अहमद अन्सारीका अनुसार बागमती, लालबकैया, झाझ, लमहा र गुजरा खोलाको बाढीले सबैभन्दा बढी क्षति रौतहटमा भएको छ ।यो क्षति १९ करोड ५० लाखभन्दा बढीको हो ।
सप्तरीको बलान, त्रियुगा, महुलीको बाढीले रु १२ करोड ८० लाख तथा धनुषामा रातु, चारनाथ, कमला, जल्लाद, औरही, खहरे र वडहरीको बाढीबाट नौ करोड ५० लाखको क्षति भएको छ ।
यसैगरी, सर्लाहीमा बागमती, लखनेहीसहितका खोलाको बाढीले नौ करोड २५ लाख, बारामा आठ करोड ५० लाख, सिरहामा सात करोड ९० लाख, महोत्तरीमा सात करोड ५० लाख र पर्सामा पाँच करोड ५० लाखभन्दा बढीको क्षति भएको छ ।
बढीबाट क्षति भएका संरचनाको मर्मतसम्भारका लागि प्रदेश सरकारले आठ करोड निकासा गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २३ असोज २०८१, १० : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बाढीले बस्ती बगाएपछि चार महिनादेखि त्रिपालमुनिको बास
काभ्रेका बाढी प्रभावित गर्भवती र सुत्केरीलाई ब्लाङ्केट वितरण
माझीदाईका गुनासो : दिनभरि काम गर्यो, फर्कँदा रित्तै
स्पेनमा बाढीबाट मृत्यु हुनेहरूको संख्या २०० नाघ्यो
स्पेनको बाढीमा परेर मृत्यु हुनेको सङ्ख्या १५८ पुग्यो
स्पेनमा बाढीमा परी ९५ जनाको मृत्यु, तीन दिन राष्ट्रिय शोक