यस्तै अवस्था रहे दशैंलगत्तै सरकार छाड्ने रेशम चौधरीको घोषणा

सफल खबर संवाददाता

सोमबार, २१ असोज २०८१, १२ : ४४
यस्तै अवस्था रहे दशैंलगत्तै सरकार छाड्ने रेशम चौधरीको घोषणा

काठमाडौँ  । सत्ता साझेदार दल नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले सरकारमा भूमिका विहीन बनाइएको भन्दै असन्तुष्टि जनाएको छ । सधैं भूमिकाविहीन बनाइरहे सरकार छाड्ने चेतावनी नाउपाले दिएको छ ।

नाउपाले केन्द्र सरकारमा पर्यटन राज्यमन्त्री पाएको छ । अरुण कुमार चौधरी राज्यमन्त्रीको जिम्मेवारीमा छन् । तर कामविहीन बनाइएको गुनासो उनको छ । यसैगरी सुदूरपश्चिम प्रदेश सरकारमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लक्ष्मणकिशोर चौधरी छन् । नाउपाका नेताहरुका अनुसार सुदूरपश्चिम सरकारमा राज्यमन्त्री पनि पाउने सहमति भएको थियो । तर अहिलेसम्म नपाएको गुनासो पनि नाउपाको छ ।

यसैगरी लुम्बिनी प्रदेश सरकारमा सामाजिक विकास मन्त्री दिने मौखिक समझदारी भएको थियो । तर, त्यो पनि कार्यान्वयन नभएको नाउपाको भनाइ छ ।