सूर्य तामाङलाई लुम्बिनीले १५ लाख लियो

सफल खबर संवाददाता

आइतबार, २० असोज २०८१, १६ : ००
सूर्य तामाङलाई लुम्बिनीले १५ लाख लियो

काठमाडौं । नेपालका बायाँ हाते स्पिनर सूर्य तामाङ  नेपाल प्रिमियर लिग (एनपीएल) का लागि १५ लाख रुपैयाँमा लुम्बिनी लायन्समा अनुबन्ध भएका छन् ।

तामाङले एनपीएल अक्सनका लागि ए क्याटेगोरीको न्यूनतम मूल्य १० लाख राखेका थिए । उनलाई किन्न लुम्बिनी, काठमाडौं र पोखराबीच प्रतिस्पर्धा भएको थियो । चिठ्ठामा लुम्बिनीले पाएको हो ।

बागमतीबाट घरेलु क्रिकेट खेल्ने सूर्यले पछिल्लो समय निरन्तर राम्रो प्रदर्शन गर्दै आएका छन् । तर नेपालको अन्तिम टोलीमा रहेर खेल्ने अवसर भने पाउन सकेका छैनन् ।

प्रतिक्रिया दिनुहोस