काठमाडौं । ग्वाटेमाला-मेक्सिको सीमानजिकै भएको गोलीकाण्डमा तीन नेपाली घाइते भएको खुलेको छ । स्थानीय अस्पतालमा घाइते तीन जना नेपालीको उपचार भइरहेको अमेरिकाको वासिङटन डीसीस्थित नेपाली दूतावासले जानकारी गराएको हो ।
३३ आप्रवासी सवार एउटा ट्रकमा मेक्सिकोको सेनाले गोली प्रहार गरेको ट्रकमा नेपाल, भारत, पाकिस्तान, क्युबा र इजिप्टका नागरिक रहेका थिए । नेपाली दूतावासका अनुसार, ट्रकमा ११ नेपाली सवार मध्ये गोली लागेर तीनजना घाइते भएका हुन् । घटनामा ६ आप्रवासीको मृत्यु भएको थियो । कुल १० जना घाइते भएका थिए । घटना बाहिरिए वासिङटन डीसीस्थित नेपाली दूतावासले मेक्सिको सरकारका सम्बन्धित निकायसँग सोधपुछ गरेको थियो । त्यसपछि वासिङटन डीसीस्थित मेक्सिकोको दूतावासले नेपालीबारे जानकारी गराएको थियो ।
सबै ११ नेपाली हाल मेक्सिकोको अध्यागमन हिरासतमा छन् । घटनामा कोही नेपालीको मृत्यु नभएको दूतावासले जानकारी गराएको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २० असोज २०८१, १५ : २२
लेखकबाट थप