कांग्रेस नेता चक्रप्रसाद बास्तोलाको अवस्था जटिल

सफल खबर संवाददाता

शनिबार, २७ असोज २०७५, १८ : २८
कांग्रेस नेता चक्रप्रसाद बास्तोलाको अवस्था जटिल

काठमाडौं । नेपाली कांग्रेसका नेता चक्रप्रसाद बास्तोलाको अवस्था जटिल भएको छ । ६ वर्षदेखि अर्धचेत अवस्थामा रहेका बाँस्तोलालाई शनिबार शनिबार मध्याहृन बाँसबारीस्थित न्यूरो अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालले ४ बजे डिस्चार्ज गरेको छ र खुमलटारस्थित निवास लगिएको छ । 

२०६९ पुस १४ गते  विराटनगरको बन्धु भेलामा सहभागी बास्तोला मष्तिक घातका कारण बेहोस भएका थिए । त्यस यता उनी अचेत अवस्थामा ढलिरहेका थिए । 

उनी नेपालको प्रजातान्त्रिक आन्दोलन र कांग्रेस राजनीतिमा एउटा खास नेता थिए । बीपीले आफ्ना सबै राजनीतिक पुस्तकमा उनको नाम पटक–पटक लिएका छन् । चक्रलाई छुटाएर कांग्रेसको क्रान्तिकथा लेखिनै सक्दैन । दरबार हत्याकाण्ड हुँदा गिरिजाप्रसाद क्याबिनेटका परराष्ट्रमन्त्री थिए बाँस्तोला । उनी भारतका लागि नेपाली राजदूतसमेत बनेका थिए ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माको ट्वीट


क्षमाप्रार्थी : यसअघि कांग्रेस नेता बास्तोलाको  निधन भएको समाचार प्रकाशित भएकोप्रति क्षमा प्रार्थी छौँ । उनकी भान्जी सरिता प्रसार्इँले दिएको सूचनाका आधारमा खबर प्रकाशित गरेका थियौँ । खबर प्रकाशनमा भएको गल्तीप्रति सफलखबर परिवार क्षमा चाहन्छ । 

 

प्रतिक्रिया दिनुहोस