काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र नेपाल मणिपाल शिक्षण अस्पतालबीच ग्लोबल आइएमई बैंकका ग्राहकहरूलाई अस्पतालमा उपलब्ध विभिन्न स्वास्थ्य सेवामा छुट प्रदान गर्ने सहमति पत्रमा हस्ताक्षर भएको छ । उक्त समझदारीमा बैंकको गण्डकी प्रदेश प्रमुख सुशोभन देबकोटा र अस्पतालका प्रमुख कार्यकारी अधिकृत अनिल ओडूविलले हस्ताक्षर गरेका हुन्।
यस सम्झौता अनुसार,अस्पतालले बैंकका डेबिट/क्रेडिट कार्ड एवं बैंकको मोबाइल एप (ग्लोबल स्मार्ट प्लस) प्रयोगकर्ताहरूलाई स्वास्थ्य सेवामा न्यूनतम् १० प्रतिशतदेखि शतप्रतिशतसम्मको छुट प्रदान गर्नेछ ।
छुट सुविधाका लागि सेवाग्राहीले अस्पतालमा उपलब्ध स्वास्थ्य सेवाहर उपभोग गर्न बैंकको डेबिट तथा क्रेडिट कार्ड वा मोबाइल बैंकिङ्गको प्रयोग गरी बिल भुक्तानी गर्नुपर्नेछ ।
अस्पतालमा बैंकका ग्राहकहरूले दर्ता शुल्कमा १०० प्रतिशत, अस्पतालको सामान्य शैया शुल्कमा २५ प्रतिशत, नियमित जाँचमा १५ प्रतिशत र शल्यचिकित्सा (अपरेशन) तथा विशेष परीक्षण शुल्कमा १० प्रतिशत छुट पाउनेछन् । बैंकका ग्राहकहरुलाई डाक्टरको परामर्शमा भने कुनै शुल्क लाग्ने छैन ।
आफ्ना ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैंकले विभिन्न किसिमका समय सान्दर्भिक योजनाहरू ल्याएर ग्राहकलाई सेवा दिइरहेको छ।
ग्लोबल आइएमई बैंक युरो मनी अर्वाड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकका बैंक हो । साथै, ख्यातिप्राप्त विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरुबाट फरकफरक विधामा समेत ग्लोबल आइएमई बैंक सम्मानित भएको छ ।
ग्लोबल आइएमई बैंक मुलुकका ७७ वटै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५४ शाखा कार्यालय, ३८४ एटिएम, २५५ शाखा रहित बैंकिङ्ग सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,००० भन्दा बढि सेवा केन्द्र रहेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १८ असोज २०८१, ११ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ग्लोबल आइएमई बैंकले ‘बजेट ३६०’ प्रयोगमा ल्याउने, यस्ता छन् यसका विशेषता
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा १८ हजार बृक्षारोपण गर्ने घोषणा
ग्लोबल आइएमई बैंकको विशेष योजना, फोन पे क्यूआरमा आवद्ध मर्चेन्टलाई स्मार्टफोनको उपहार
विद्यार्थी लक्षित वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्दै ग्लोबल आइएमई बैंक
ग्लोबल आइएमई बैंकले सञ्चालनमा ल्यायो “ग्लोबल हाट बजार”
ग्लोबल आइएमई बैंकद्वारा कोहलपुरमा विद्युतीय शवदाह गृह निर्माणका लागि २० लाख सहयोग