एमालेको सचिवालय बैठक बस्दै

सफल खबर संवाददाता

मंगलबार, १५ असोज २०८१, ०९ : १९
एमालेको सचिवालय बैठक बस्दै

काठमाडौँ ।  नेकपा एमालेले सचिवालय बैठक आज बस्दैछ । अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किए लगत्तै सचिवालय बैठक बोलाइएको हो । 

बिहान ११ बजेका लागि बोलाइएको बैठक केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ । आज बैठकमा अत्यधिक वर्षाका कारण ठुलो जनधनको क्षति भएकाले यसैलाई एजेन्डा बनाइनेछ ।