काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले स्थानीय तह उपनिर्वाचनको नतिजाले कांग्रेस–एमालेको जनमत ह्रासउन्मुख देखिएको बताएका छन् ।
मंसिर २८ गतेको स्थायी समिति बैठकको निर्णअनुसार पार्टीको मातहतको कमिटीमा पठाइएको सर्कुलरमा प्रचण्डको ब्रिफिङलाई उदृत गर्दै उपनिर्वाचनको नतिजा पार्टीका लागि उत्साहजनक रहेको उल्लेख गरिएको प्रदेश कमिटीका एक अध्यक्षले बताए ।
ती नेताका अनुसार प्रचण्डले २८ गतेको बैठकमा स्थानीय उपनिर्वाचनमा पार्टीको उत्साहजनक परिणाम प्राप्त भएका र माओवादीको पक्षमा जनमत गुणात्मक रूपले बढ्दै गएको देखिएको ब्रिफिङ गरेका थिए ।
प्रचण्डको ब्रिफिङमा आधारित सर्कुलरमा भनिएको छ, ‘कयौं स्थानमा कांग्रेस र एमालेको गठबन्धनका साथै राज्यशक्तिको चरम दुरुप्रयोगका बावजुद पनि ती दुइ पार्टीको जनमत ह्रास उन्मुख अवस्थामा देखिएको छ ।’
उपनिर्वाचनमा पार्टीको सिङ्गो पङ्ति एकढिक्का देखिएको र हरेक स्थानमा नेतृत्व तहका नेताहरु समेतको क्रियासिलताले निर्वाचनलाई परिणाममुखि बनाउन सफल रहेको देखिएको सर्कुलरमा उल्लेख रहेको ती अध्यक्षको भनाइ छ ।
उद्यपि सो उपलब्धिका अलावा पनि पूर्व–बिजय प्राप्त गरेका केही स्थानहरू गुम्नु, निर्वाचनको लागि सिङ्गो पार्टी पङ्तिलाई परिचालन गर्ने विषयमा सीमाहरू रहनु, निर्वाचनको लागि आवश्यक सवै पक्षहरूको प्रचुर प्रयोग गर्ने लगायतका बिषयहरूमा केही कमजोरी भने देखिएको माओवादीको निष्कर्ष छ ।
माओवादीले उपनिर्वाचनको अनुभवबाट पाठ सिक्दै पार्टीलाई अझ नयाँ उचाइमा एकतावद्ध गराउने, जनस्तरसम्म पार्टी संगठनलाई बिस्तार र व्यवस्थित रूपमा परिचालन गर्ने, जनसंगठनहरूलाई व्यापक रूपमा बिस्तार गर्ने, पार्टीको नेतृत्व, पार्टीको सही बिचार र नीतिगत कार्यसूचीहरूलाई दह्रोसँग स्थापित गर्नुपर्ने बिषयमा जोड समेत दिएको अर्का एक स्थायी समिति सदस्यले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०२ पुस २०८१, १० : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माओवादी केन्द्रले नेतृत्व गरेका पालिका टाढैबाट चिनिने बनाउनुपर्छ : प्रचण्ड
इतिहासको रछ्यानमा मिल्काइएका तत्वले दिवासपना देख्दैछन् : प्रचण्ड
२०८४ सालमा कांग्रेस-एमालेले गठबन्धन गरुन् : प्रचण्ड
सरकारमा हुँदा हामीले जनयुद्धलाई राष्ट्रिय दिवसको मान्यता दियौं : प्रचण्ड
शहीदको बलिदानका कारण राजनीतिक परिवर्तन सम्भव भयो: प्रचण्ड
मलाई काँग्रेस-एमालेले होइन, भ्रष्टाचारी भू-माफियाहरूले प्रधानमन्त्रीबाट हटाएका हुन् : प्रचण्ड