काठमाडौं । हिजो र अस्तिको लगातारको झरीपछिको बाढीपहिरोले देशभरका ४८ वटा मुख्य राजमार्ग पूर्णरूपमा अवरुद्ध भएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार सबैभन्दा बढी बाममती प्रदेशका २५ वटा मुख्य राजमार्ग अवरुद्ध भएका छन् भने दोस्रोमा लुम्बिनी प्रदेशका ८ वटा, कोशी प्रदेश र गण्डकी प्रदेशका ६-६ मुख्य राजमार्ग अवरुद्ध भएका छन् । यस्तै काठमाडौं उपत्यकाका ५ वटा र कर्णाली प्रदेशको एउटा मुख्य राजमार्ग अवरुद्ध भएको छ ।
बागमती प्रदेशमा मुख्य राजमार्ग अवरद्ध हुनेमा कान्तीलोकपथ सडक खण्डको बकैया गाउँपालिका १२ घट्टेपाखा, भिमफेदी कुलेखानी फाखेल काठमाडौं सडक अन्तरगत ईन्द्रसरोबर गाउँपालिका २ सुकौरा, कान्तीलोकपथ सडक खण्डको बकैयाँ गाउँपालिका ११ आँपचौर र लाम्राङ, भित्रुवन राजपथ सडकको थाहा नगरपालिका ११ टिस्टुड देउराली, सोही राजमार्गकै थाहा नगरपालिका ५ मा, कुलेखानी मार्खु सडक खण्डको इन्द्रसरोबर गाउँपालिका १ मा र सिस्नेरी दक्षिणकाली सडक खण्डको इन्द्रसरोबर गाउँपालिका ३ मा पहिरो गएका कारण पूर्ण अवरुद्ध भएको छ ।
बामगती प्रदेशकै धादिङमा पर्ने मदनभण्डारी राजमार्ग (सुरुङमार्ग) अन्तरगत धुनिवेँशी नगरपालिका ९ त्रिभुवराजपथ, पृथ्वीलोक मार्गमा थाक्रे गाउँपालिका २ कमेरे, सोही लोकमार्गकै बेनिट रोराङ गाउँपालिका ३, वेनिघाट रोराङ गाउँपालिका ३, गजुरी गाउँपालिका २ छहारा पानी, वेनिघाट रोराङ गाउँपालिका १० तिङराङखानी, गल्छी गाउँपालिका ४ चिरौदीमा पनि पहिरोका कारण सडक पुर्ण रुपमा अवरुद्ध भएको छ ।
यस्तै सिनधुपाल्चोकमा अरनिको राजमार्ग अन्तरगत चौतारा साँगाचोकगढी नगरपालिका ११, पहरीगाउँ, वनदेउ–चौतारा सडक खण्ड अन्तरगत चौतारा साँगाचोकगढी नगरपालिका ११ र पोखरे, बाह्रविसे-तातोपानी सडक खण्डको बाह्रविसे नगरपालिका ५ मा पहिरोका कारण पुर्ण रुपमा अवरुद्ध भएको छ । सिन्धुलीमा पर्ने मध्य–पहाडी लोक मार्गमा गोलञ्जर गाउँपालिका ६, अकरेभिर, सोहि लोकमार्गमा पर्ने फिक्कल गाउँपालिका २ सुम्नामबेशी र मदनभण्डारी राजमार्ग सडक खण्ड अन्तरगत हरिहरपुरगढी गाउँपालिका ४ मा पहिरो गएपछि सडक पुर्ण रुपमा अवरुद्ध भएको छ ।
बागमती प्रदेशकै काभ्रेपलाञ्चोकमा पर्ने बिपी राजमार्ग अन्तरगत रोशी गाउँपालिका ८, चारसवेशी र रामेछापमा पर्ने रामेछाप र सिन्धुली खुर्कोट सडक खण्डमा पर्ने मन्धली नगरपालिका ६ मा बाढीका कारण सडक पूर्णरूपमा अवरुद्ध भएको छ ।
यस्तै अन्य प्रदेशका विभिन्न जिल्ला र स्थानीय तहमा पर्ने सडक खण्ड पनि पूर्ण तथा आंशिक रुपमा अवरुद्ध भएका छन् । दोस्रोमा लुम्बिनी प्रदेशको पाल्पामा पर्ने सिद्धार्थ राजमार्ग अन्तरगत तिनाउ गाउँपालिका ५ केराबारी, पाल्पा-गुल्मी पक्की सडक अन्तरगत गर्ने तानसेन नगरपालिका ५, कैलाशनगर, अर्घाखाचीको गोरुसिङगे सन्धिखर्क सडक खण्डको शितगंगा नगरपालिका २ भुवनपाटा, रोल्पामा पर्ने रुकुम घोराही सहिद राजमार्ग अन्तरतगत त्रिवेणी गाउँपालिका २, सोहि जिल्लाको सहिद राजमार्ग अन्तरगत माडी गाउँपालिका २ पाछा, गुल्मीमा पर्ने तम्घास रिडी पक्की सडक खण्ड अन्तरगत छत्रकोट गाउँपालिका ३ लुम्छा र दाङमा पर्ने दाङ-सल्यान सडक खण्ड अन्तरगत तुलसिपुर उपमहानगरपालिका ३ रामीमा पहिरो जादाँ सडक पुर्ण रुपमा अवरुद्ध भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १३ असोज २०८१, १२ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बाढीपहिरो प्रभावितलाई अस्थायी आवास निर्माण
कर्मचारी महासंघद्वारा बाढीपहिरो पीडितका लागि ७ लाख ७७ हजार सहयोग
बाढीपहिरोबाट सार्वजनिक यातायातमा ७३ करोडको क्षति
बाढीपहिरोबाट काभ्रेमा ४२ करोड बढीको क्षति
बाढीपहिरोमा परी काभ्रेमा ७७ जनाले ज्यान गुमाए
बाढीपहिरोमा परेर २४४ जनाको मृत्यु, १९ अझै बेपत्ता