खोलाले मोटरसाइकल बगायो

सफल खबर संवाददाता

शनिबार, १२ असोज २०८१, ०९ : ४३
खोलाले मोटरसाइकल बगायो

काठमाडौं । झापाको कचनकवल गाउँपालिका वडा नम्बर–२ मा अमरखुट्टा खोलाले मोटरसाइकल बगाएको छ ।

गएराति प्रदेश–१–०२–०५ प ६९७८ नम्बरको मोटरसाइकल बगाएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्ण चन्दले  बताए । 

कचनकवल गाउँपालिका–२ घर भएका मोटरसाइकल चालक २७ वर्षीय रविन भट्टराई सकुसल छन् । मोटरसाइकलको खोजी भइरहेको डीएसपी चन्दले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस