सर्वोच्चको न्यायाधीशमा दुईजनाको नाम सिफारिस

सफल खबर संवाददाता

शुक्रबार, ११ असोज २०८१, १५ : ००
सर्वोच्चको न्यायाधीशमा दुईजनाको नाम सिफारिस

काठमाडौं। न्यायपरिषदले सर्वोच्च अदालतको न्यायधीशमा दुईजनाको नाम सिफारिस गरेको छ । शुक्रबार बसेको परिषदको बैठकले उच्च अदालत पाटनका मुख्य न्यायाधीश नृपध्वज निरौला र उच्च अदालत तुलसीपुरका न्यायाधीश नित्यानन्द पाण्डेयलाई सर्वोच्च अदालतको न्यायाधीशका लागि सिफारिस गरेको हो ।

संसदीय सुनुवाई समितिबाट नाम अनुमोदन भएमा सर्वोच्चमा सिफारिस भएका निरौला छोटो समयका लागि प्रधानन्यायाधीश बन्नेछन्। ६ पुस, २०९३ मा टेकप्रसाद ढुंगाना अवकाश भएपछि निरौला पुगनपुग दुई महिनाका लागि प्रधानन्यायाधीशको रोलक्रममा हुनेछन् ।

निरौला सर्वोच्च अदालतका तेस्रा मुख्यरजिष्ट्रार हुन् । उनी मुख्यरजिष्ट्रारबाटै उच्च अदालतको मुख्यन्यायाधीशमा नियुक्त भएका थिए । सर्वोच्चमा सिफारिस भएका नित्यानन्द पाण्डेय अहिले उच्च अदालत तुलसीपुरको मुख्यन्यायाधीश छन् । उनी गत मंसीरमा उच्च अदालतको मुख्य न्यायाधीश भएका थिए ।

प्रतिक्रिया दिनुहोस