बलात्कार आरोपमा युवक पक्राउ

सफल खबर संवाददाता

शुक्रबार, ११ असोज २०८१, ११ : १७
बलात्कार आरोपमा युवक पक्राउ

काठमाडौँ । प्रहरीले दाङबाट बलात्कारमा संलग्न आरोपमा एकजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा राजपुर गाउँपालिका–२ बेला बस्ने २७ वर्षीय रामप्रताप यादव छन् ।आरोपीले २२ वर्षीया महिलालाई लमही नगरपालिका वडा नम्बर–७ स्थित करी सामुदायिक वनमा बलात्कार गरेको आरोप छ ।

वडा प्रहरी कार्यालय लमहिबाट खटिएको टोलीले उनलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । 

प्रतिक्रिया दिनुहोस