रौतहटमा ४ साइकलसहित अवैध सालको काठ बरामद

सफल खबर संवाददाता

बुधबार, ०९ असोज २०८१, ११ : १५
रौतहटमा ४ साइकलसहित अवैध सालको काठ बरामद

रौतहट । पूर्वपश्चिम राजमार्गसँग जोडिएको रौतहटको चन्द्रपुर स्थित प्रहरीले अवैध सालको काठ बरामद गरेको छ। इलाका प्रहरी कार्यालय चन्द्रिगाहपुरबाट सई जोगेन्द्र चौधरीको कमान्डमा गएको गस्ती टोलीले मंगलवार साँझ चन्द्रपुर ४ जङ्गल टोल स्थित अवैध रूपमा जङ्गलबाट चोरी निकासी गरी ४ वटा साइकलमा  १२ वटा सालको फल्ली  ल्याउँदै गरेको अवस्थामा बरामद गरेको हो।

प्रहरीको गाडी देखि साइकल र काठ छाडी मानिसहरू फरार भएको इलाका प्रहरी कार्यालय चन्द्रिगाहपुरका प्रमुख डिएसपी राजकुमार राईले बताएका छन्।

बरामद २० क्युफिट भन्दा बढी काठ र साइकल नियन्त्रणमा मानिसहरू खोजी तथा थप बुझ्ने कार्य भइरहेको र काठ तथा साइकल आवश्यक कारबाहीको लागि डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरमा बुझाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस