इन्भेष्टमेन्ट बैंकले ल्यायो मास्टरकार्ड

विहीबार, २५ असोज २०७५, १७ : ००
इन्भेष्टमेन्ट बैंकले ल्यायो मास्टरकार्ड

काठमाडौं : आफ्ना ग्राहकहरुलाई आर्थिक कारोवारमा सहजता प्रदान गर्ने उद्देश्यले नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडले मास्टरकार्डसँग सहकार्य गरी मास्टर डेविट कार्डको समुद्घाटन गरेको छ । 
बैंकले आन्तरिक तथा बाह्य बजारलाई लक्षित गरी स्थानीय र अन्तर्राष्ट्रिय गरी दुई प्रकारको कार्ड प्रयोगमा ल्याएको हो ।

एनआइबिएल मास्टरकार्डको समुद्घाटनपछि बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडेले मास्टरकाडसँग सहकार्य गर्न पाएकोमा खुसी लागेको बताउँदै आफ्ना सञ्जाल बैंकमार्फत मास्टरकार्डको सेवालाई नेपाली बजारमा विशेष रुपले विस्तार गर्ने विश्वास दिलाए ।
स्थानीय कार्ड नेपाल र भारतमा प्रयोग गर्न सकिने बैंकले जनाएको छ । त्यस्तै अन्तर्राष्ट्रिय कार्ड विश्वभर प्रयोग गर्न सकिने बैंकले जानकारी दिएको छ ।

 

नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड र मास्टरकार्डको सहकार्यमा एनआइबिएल मास्टरकार्डको समुद्घाटनसंगै तीन महिनासम्म आफ्ना ग्राहकलाई बिनाकुनै शुल्क कार्ड जारी गर्ने र साथै यस्तो मास्टरकार्डबाट कारोवार गरेबापत नगदफिर्ता भुक्तानी पनि उपलब्ध गराउने  योजना बैंकले ल्याएको छ  । यसका लागि भने केही शर्तहरु लागू हुनेछ ।  

मास्टरकार्ड सञ्चालनमा ल्याएको अवसर पारेर बैंकले तीन महिनासम्म आफ्ना ग्राहकलाई निःशुल्क कार्ड जारी गर्ने जनाएको छ ।  बैंकले देशभरमा ७७ शाखा, १ सय ५ वटा एटिएम र २ हजार ६ सय ५७ पस मेसिनमार्फत सेवा दिइरहेको जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस