नेपालमा अब अश्लील सामग्री हर्ने नपाईने

विहीबार, २५ असोज २०७५, १३ : ३५
नेपालमा अब अश्लील सामग्री हर्ने नपाईने

काठमाडौं : बलात्कार तथा यौनजन्य हिंसा कम गर्ने उदेश्यले अश्लील सामग्री राख्ने २१ हजारभन्दा बढी वेबसाईट हर्ने नमिल्ने बनाएको छ ।

हालसम्म २१ हजारभन्दा बढी वेबसाइट हर्ने नपाईने बनाइएको भएपनि त्यस्ता प्रकृतिका वेबसाईट बन्द गर्न इन्टरनेट सेवा प्रदायक कम्पनीलाई सुचना मन्त्रालयले निर्देशन दिएको छ ।

यही असोज ७ गते दूरसञ्चार सेवा प्रदायक,  र सामाजिक सञ्जाल सञ्चालकमार्फत प्रकाशन तथा प्रसारण गर्ने त्यस्ता वेबसाइटलाई हर्ने नमिल्ने बनाउन नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएपछि प्राधिकरणले ८ गतेदेखि काम शुरु गरेको हो ।
नेपालमा अहिले करीब सयभन्दा बढी इन्टरनेट सेवा प्रदायक कम्पनीहरु छन् । प्राधिकरणका अनुसार अहिलेसम्म २१ हजारभन्दा बढी वेबसाइट नेपालमा हेर्न नमिल्ने भईसकेका छन् ।

मुलुकी अपराध (संहिता) ऐन, २०७४ को दफा १२१ मा शारीरिक कामोत्तेजना बढाउने वा काम वासनामा आशक्त गराउने वा चरित्रहीन बनाउने कुनै अश्लील किताब, पर्चा, रेखाचित्र, चलचित्र, तस्वीर, रेकर्ड वा अरू कुनै वस्तु बनाउन, मुद्रण गर्न वा प्रकाशित गर्न वा विद्युतीय सञ्चारमाध्यमबाट प्रचार प्रसार गर्न नपाइने भनिएको छ ।
 

प्रतिक्रिया दिनुहोस